(१) यस नियमावली बमोजिम निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा कुनै उपभोग्य वस्तु रोक्का राख्नु आवश्यक देखेमा
त्यस्तो उपभोग्य वस्तु सिलबन्दी गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाई नियम ३१ बमोजिम प्रयोगशालाबाट नमूना परीक्षण वा विश्लेषण भई नआउन्जेलसम्मको अवधिसम्मका लागि रोक्का राख्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण अधिकृतले रोक्का राखेको उपभोग्य वस्तु सम्बन्धित व्यक्तिले आफ्नोजिम्मा लिनु पर्नेछ र त्यसरी जिम्मा लिँदा त्यसको दुई प्रति भरपाई तयार गरी एक प्रति निरीक्षण अधिकृतले र एक प्रति सम्बन्धित व्यक्तिले लिनु पर्नेछ ।
(३) यस नियम बमोजिम रोक्का राखिएको कुनै उपभोग्य वस्तु सडी गली जाने प्रकृतिको भई रोक्का राखिएको अवधिमा सडी गएमा गली सोको हानी नोक्सानी प्रति नेपाल सरकार वा निरीक्षण अधिकृतले कुनै किसिमको जवाफदेही बहन गर्नु पर्ने छैन ।